पोखरा, २६ मङ्सिर २०८२।
रामेछापबाट काठमाडौ जाँदै गरेको बस आज वीपी राजमार्गको रोशी खोला छेउमा दुर्घटनाग्रस्त भएको छ।
रामेछाप सुनपातीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३-००१ ख २५२६ नम्बरको यात्रूबाहक बस काभ्रेको पलाञ्चोक-नमोबुद्ध नगरपालिका-६ चौकीडाँडामा दुर्घटनाग्रस्त भएको हो ।
करिब ३० जना यात्रु सवार उक्त बस दुर्घटनामा परेर आठ जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई उद्धार गरी नमोबुद्ध नगरपालिका-४ स्थित मेथिनकोट अस्पताल पठाइएको छ। चालक हिरा काजी श्रेष्ठले चलाउँदा अनियन्त्रित भई सडकबाट पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनाका कारण बीपी राजमार्ग दुवैतर्फ अवरूद्ध बनेको छ। सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।