सुस्त मनस्थितिका व्यक्तिले धकेल्दा रोल्पामा वृद्धको मृत्यु

सुस्त मनस्थितिका व्यक्तिले धकेल्दा रोल्पामा वृद्धको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ मंसिर २०८२
  • 3.5K
    Shares

पोखरा, २६ मङ्सिर २०८२।

सुस्त मनस्थिति भएका एक व्यक्तिले धकेल्दा रोल्पामा एक वृद्धको मृत्यु भएको छ।

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाका अनुसार, सुस्त मनस्थिति भएका रोल्पाको माडी गाउँपालिका – १ पेदीखोला निवासी ५० बर्षीय गनबहादुर बुढाले बिहीबार बेलुकी पाँच बजेतिर स्थानीय ६७ बर्षीय मनबहादुर घर्तीलाई बाटोको छेउमा हिँडिरहेको समयमा एक्कासि पछाडिबाट धकेलेका थिए। बुढाले धकेलेपछि घर्ती बाटो मुनि झन्डै १० मिटर तल खसेका थिए।

नाक, मुख र ढाडमा चोट खेपेका घाइते घर्तीलाई उपचार लागि जिल्लाकै घर्तीगाउँस्थित स्मृति अस्पतालमा लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। उपचारका क्रममा घर्तीको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए।

घर्तीलाई बाटोबाट धकेलेर हत्या गरेको आरोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको थापाले बताए।

प्रतिक्रिया