पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठ जना घाइते

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ मंसिर २०८२
  • 3.2K
    Shares

पोखरा, २६ मङ्सिर २०८२।

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी गाउँपालिका-४ मित्यालस्थित च्युरीबासनजिकै भएको जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उक्त दुर्घटनामा आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उकालो सडकमा जिपले नतानेपछि यात्रु ओराल्ने क्रममा व्याक भएर दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन् । जिप सडकबाट झण्डै एक किलोमिटर तल खसेको छ । घाइतेहरुलाई उद्धार गरी नवलपुर डण्डास्थित प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रतिक्रिया