पोखरा, २६ मङ्सिर २०८२।
रौतहटमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किंदा एक वृद्धको निधन भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक आज बिहान ७:५० बजे बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किंदा एक वृद्धको निधन भएको हो ।
उक्त दुर्घटनामा परेर कारमा सवार बारा जिल्लाको निजगढ नगरपालिका ३ सिंगौल बस्ने ७९ वर्षिय भक्त बहादुर खत्रीको निधन भएको प्रहरीले जानकारी दिएको छ। सोही दुर्घटना परेर कारमा सवार बारा निजगढका करिब अन्दाजी २५–३० वर्षका चालक दिनेश थपलिया र चन्द्रपुर–६ का २० वर्षीय डोरमणि सापकोटा घाइते भएका छन् ।