दोलखामा अर्को मतदान केन्द्रमा पनि गोली चल्यो, चार केन्द्रमा मतदान ठप्प

दोलखामा अर्को मतदान केन्द्रमा पनि गोली चल्यो, चार केन्द्रमा मतदान ठप्प


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ बैशाख २०७४
  • 14.3K
    Shares

दोलखा । बिहानै मतदान केन्द्रमा गोली चलेर तनावग्रस्त भएको दोलखामा फेरि अर्को केन्द्रमा पनि गोली चलेको छ । बिहान ११ बजेतिर जिल्लाको तामाकोशी गाउँपालिकाको शहरे केन्द्रमा गोली चलेको हो । यसअघि जिल्लाको बैत्वश्वरको गैरमुदी केन्द्रमा गोली चलेको थियो ।

यसअघिको गोलीकाण्डमा बुथ कब्जा गर्ने र मतदान बिथोल्ने उद्देश्यले यस्तो आपराधिक क्रियाकपाप भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गोली चलाउन जिल्लाबाहिरको मान्छेलाई ‘सुपारी’ दिएर ल्याइएको अनुमान गरिएको जिल्ला प्रहरी प्रमुख रबिन कार्कीले जानकारी दिए ।
जिल्लाको तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै तनाव भएपछि मतदान रोकिएको छ । बिगुको आलम्बु केन्द्रमा हिजो रातिदेखि नै भएको झगडा अझै नसेलाउँदा मतदान सुरु भएको छैन ।

एमालेले हमलाको दोष कांग्रेस–माओवादीलाई दिएको छ । कांग्रेस माओवादी भने यस विषयमा केही बोलेका छैनन् । एमालेले आफ्ना कार्यकर्ता घाइते भएको दावी गरेको छ । जिल्लाको तामाकोशी गाउँपालिकाको झुलेका मतदान सुरु नहुँदै तनाव भएपछि मतदान रोकिएको छ । बिगुको आलम्बु केन्द्रमा हिजो रातिदेखि नै भएको झगडा अझै नसेलाउँदा मतदान सुरु भएको छैन ।

प्रतिक्रिया