तनहुँमा साँझ बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते (हेर्नुस घाइतेहरुको नामावली)

तनहुँमा साँझ बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते (हेर्नुस घाइतेहरुको नामावली)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ मंसिर २०८२
  • 3.6K
    Shares

पोखरा, २५ मङ्सिर २०८२।

तनहुँमा बिहिबार साँझ बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका छन।

छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग. ३ च. ६८७१ नम्बरको बोलेरो जिप आँबुखैरेनी गाउँपालिका–४, भाँगेस्थित आँबुखैरेनी–छिम्केश्वरी भित्री सडक खण्डमा बिहिबार साँझ करिब ६ बजेतिर दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका हुन्।

दुर्घटनापछि घाइते सबै जनालाई उपचारका लागि आँबुखैरेनी अस्पताल ल्याइएको थियो। गम्भीर अवस्थाका चार जनालाई थप उपचारका लागि CMC अस्पताल, चितवन रिफर गरिएको छ।

उक्त बोलेरो जिप आँबुखैरेनी–छिम्केश्वरी भित्री सडक खण्डमा चालकले नियन्त्रण गुमाएर बाटोमा पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

घाइतेको विवरण:
1. जगनाथ तिवारी (४६), गोरखा–१२
– जिप चालक, टाउकोमा चोट, अवस्था मध्यम,चितवन रिफर।
2. चन्द्र दर्लामी (४०), आँबुखैरेनी–३
– दायाँ खुट्टा भाँचिएको, टाउकोमा चोट,रिफर।
3. कुमार थापा (४०) आँबुखैरेनी–३
– टाउकोमा चोट, अवस्था मध्यम,चितवन रिफर।
4. सुमित्रा थापा (४०) आँबुखैरेनी–३
– टाउकोमा चोट, अवस्था मध्यम,चितवन रिफर।
5. त्रिसना राना (३१), गोरखा–११
6. सरस्वती राना (५६) गोरखा ११
7. सुकबहादुर राना (५०), बारपाक–सुलीकोट
8. लिला राना (५२), गोरखा–११
9. झुपी राना (६०), गोरखा–११
10. पवित्रा राना (४२), गोरखा–११
11. सुनिता राना (३१), गोरखा–११
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया