गोरखा : गोरखाको साम्दो मतदान केन्द्रमा मतदान सकिएको छ। ७१ जना मतदाता रहेको उक्त केन्द्रमा ७० जनाले मत दिएका थिय भने १ जनाको मृत्यु भैसकेको थियो |
उक्त केन्द्रमा बिहान ८: ४५ बजे नै मतदान सकिएको हो। मतदान सकिए लगत्तै साम्दोको मतपेटिकालाई सिल गरेर समागाउँ केन्द्रमा पठाएको छ। त्यहाँका वडाअध्यक्ष र सदस्य निर्वारिोध निर्वाचित भइसकेका छन्।
त्यसैगरी चुमनुब्री गाउँपालिका वाडा ३ न्याकमा रहेको बुद्ध आधारभूत विद्यालयको मतदान केन्द्रमा समते मतदान सकिएको छ। उक्त केन्द्रमा ७३ मतदाता थिए। कति मतपत्र खस्यो भन्ने स्पष्ट विवरण आएको छैन। निर्वाचन अधिकृत हरिहर दाहालका अनुसार गोरखाका दुई केन्द्रमा निर्वाचन सकिएको हो।