पोखरा, २४ मङ्सिर २०८२।
नवलपुरको राय खोल्सामा एक व्यक्ति मृत भेटिएका छन्।
वचुली ६ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका २ मा डेरा गरी बस्दै आएका ४१ वर्षीय कृष्ण पुलामी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाँडीको राय खोल्सामा मृत भेटिएका हुन्।
पुलामीको टाउकोमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ । उनको हत्या भएको आशंका प्रहरीले गरेको छ र हत्यामा सम्लग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।