गोवा नाइट क्लब आगजनीमा मृत्यु भएका पांच नेपालीको खुल्यो पहिचान : मृतकमध्ये दुई जना झापाका

गोवा नाइट क्लब आगजनीमा मृत्यु भएका पांच नेपालीको खुल्यो पहिचान : मृतकमध्ये दुई जना झापाका


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ मंसिर २०८२
  • 3.5K
    Shares

पोखरा, २४ मङ्सिर २०८२।

भारतको गोवास्थित ‘बिर्च बाई रोमियो लेन’ नाइट क्लबमा शनिबार राती भएको आगलागीमा परेर मृत्यु भएका २५ जनामध्ये पांच जना नेपाली रहेका छन्।

उक्त आगलागीमा परेर घोराही – ३, दाङका चूर्णबहादुर पुन, लदाभिर-२, सिन्धुलीका लीलबहादुर कटुवाल, भद्रपुर नगरपालिका–३, गोलेचोकका सविन खाती र कचनकवल गाउँपालिका–बगान नयाँ बजारका १९ वर्षीय सुदीप गुरुङ र बागेश्वरी १, डडेल्धुराका मानबहादुर जोरा मृत्यु भएको पुष्टि भएको छ।

सुदीप तिहारपछि होटेल म्यानेजमेन्ट अध्ययनका लागि गोवा पुगेका थिए भने सविन क्लबमै सेफका रूपमा कार्यरत थिए।

अन्य दुई जना नेपालीको पहिचान खुल्न बाँकी रहेको भारतीय अधिकारीहरूले जनाएका छन्। सुदीपको मृत्यु भएको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले पनि पुष्टि गरेका छन्।

भारतीय सुरक्षा अधिकारीहरूका अनुसार फायर–शो चलिरहेका बेला नाइट क्लबभित्र अत्यधिक भीड थियो।

कार्यक्रम शुरु भएको केही मिनेटमै आगो तीव्र गतिमा फैलिएको र क्लबभरि घना धुवाँ भरिँदै गएपछि ठुलो मानवीय क्षति भएको बताइएको छ।

आगलागीको कारणबारे अनुसन्धान जारी छ। Nepali community in Goa र स्थानीय प्रशासनको सहकार्यमा उद्धार तथा पहिचान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

प्रतिक्रिया