पोखरा, २३ मङ्सिर २०८२।
दैलेखमा आफ्नै छोरीले बुबाको हत्या गरेकी छन् । नौमुले गाउँपालिका–५ गजमाली बस्ने २७ वर्षीया तिर्सना रामजालीले आफ्ना ६५ वर्षीय बुबा धनबहादुर रामजाली मगरको चिर्पट प्रहार गरेर हत्या गरेकी हुन्।
चिर्पट प्रहारबाट घाइते भएका रामजालीको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बुबाको हत्या गर्ने तिर्सनालाई सोमबार इलाका प्रहरी कार्यालयले टोलीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।