माओवादी केन्द्रका उम्मेदवार मतदान बहिष्कार गर्दै पार्टी परित्याग

माओवादी केन्द्रका उम्मेदवार मतदान बहिष्कार गर्दै पार्टी परित्याग


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ बैशाख २०७४
  • 12.3K
    Shares

३१ बैशाख,हुम्ला ।

मतदानमा भाग नलिन मतदातासँग अपिल गर्दै  मतदानकै दिन हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका १ नम्बर वडा जैरमा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारसहित सिंगो पार्टी कमिटीले विद्रोह पार्टी परित्याग गरेको छ ।

माकेको जिल्ला संगठनले गाउँपालिका स्तरमा एमालेसँग तालमेल गर्ने निर्णयअनुसार १ नम्बर वडामा पनि एमाले उम्मेदवारलाई मतदान गर्न ह्वीप जारी गरेपछि यस वडाबाट माकेको सिंगो कमिटीले विद्रोह गरेको हो ।

जिल्ला पार्टीले निर्देशन नमान्नेलाई कारवाही गरिने भन्ने पत्र गाउँ पार्टी कमिटीलाई थमाएपछि सिंगो गाउँ कमिटीले राजीनामा दिएको रावतले बताए । माथिल्लो कमिटीले तल्लो कमिटीलाई पेल्ने रणनीतिविरुद्ध आफूहरुले विद्रोह गरेको गाउँ कमिटीका अध्यक्ष तिर्थ बुढाले बताए ।

आफूहरुको पार्टीको माथिल्लो कमिटीको तानाशाही प्रवृत्तिका कारण मतदान प्रक्रिया बहिस्कारबाट बिथोल्ने स्थितिमा पुग्न बाध्य बनाइएको  बताए ।पार्टी विद्रोह गर्नेहरुमा गाउँ कमिटीका अध्यक्ष बुढा, उपाध्यक्ष रामे रावत, सचिव गोरा सुनार, सर्केगाड गाउँपालिका सदस्य लक्ष्म नेपाली तथा गाउँपालिका उपाध्यक्ष कालीबहादुर बुढासहित एक दर्जन रहेका छन् ।

प्रतिक्रिया