पोखराका अग्रज पत्रकार रुद्रबहादुर थापालाई पत्नी शोक

पोखराका अग्रज पत्रकार रुद्रबहादुर थापालाई पत्नी शोक


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ मंसिर २०८२
  • 5.4K
    Shares

पोखरा, २२ मङ्सिर २०८२।

पोखराका अग्रज पत्रकार रुद्रबहादुर थापालाई पत्नीशोक परेको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष समेत रहेका थापाको ६३ वर्षीया धर्मपत्नी राममाया थापामगरको सोमबार निधन भएको हो ।

क्यान्सर रोगले ग्रस्त राममाया थापामगरको पोखराकै फिस्टेल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

अहिले राममायाको शव पोखराकै पुरानो एअरपोर्ट नजिकै घरमा राखिएको छ । छोराछोरी विदेशमा रहेकाले उनीहरु आएपछि अन्तिम संस्कार गरिने भएको छ ।

थापामगरको असामयिक निधन प्रति पत्रकारका विभिन्न संघ संस्थाले दुख व्यक्त गरेका छन् । संगठनहरुले शोक सन्देश जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया