बागलुङको ताराखोलामा जेसीबीमाथि पहिरो खस्दा सह–चालकको मृत्यु

बागलुङको ताराखोलामा जेसीबीमाथि पहिरो खस्दा सह–चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ मंसिर २०८२
  • 2.7K
    Shares

बागलुङ, २२ मङ्सिर २०८२।

बागलुङको ताराखोला गाउँपालिका–५ स्थित कराचेमा रोकिएको जेसीबीमाथि पहिरो खस्दा सह–चालकको मृत्यु भएको छ ।

आइतबार गण्डकी प्रदेश–०२–००१ क ०००२ नम्बरको जेसीबीले सफा गर्ने क्रममा निर्माण स्थलको माथिल्लो भागबाट अचानक ढुङ्गा सहितको पहिरो खसेको थियो ।

पहिरोका कारण रोल्पा घर भएका १९ वर्षीय सहचालक विशाल पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो । पहिरोले जेसीबीमा समेत क्षति पु¥याएको छ ।

प्रतिक्रिया