पोखरा, २२ मङ्सिर २०८२।
सुनसरीका सिटिसफारी चालकको गोली हानि हत्या गरेको आरोपमा सात जना युवा समातिएका छन्।
जिल्लाको रामधुनी नगरपालिका–२ मा सिटि सफारी चालक ४५ वर्षीय दिनेशकुमार चौधरीको गोली हानि हत्या गरेको आरोपमा करीब दुई महिना पछि सात जना युवा समातिएका हुन्।
प्रहरीका अनुसार , पक्राउ पर्नेहरूमा रामधुनी–१, झुम्काका ४३ वर्षीय राजेश भनिने राजकिशोर शाह, सोही ठाउँका ४० वर्षीय नन्दकिशोर शाह, राजविराज–१६ का २८ वर्षीय अङ्कित शाह, सोही ठाउँका २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राह नरसिंह गाउँपालिका–५, सुनसरीका ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगंज गाउँपालिका–४, सुनसरीका ३७ वर्षीय गियास मन्सुरी र देवानगंज गाउँपालिका–५ का २५ वर्षीय मिथिलेस यादव रहेका छन्।
गत असोज २५ गते साँझ करिब ५ बजे चौधरीमाथि सो समूहले नहर डिलको सडकमा गोली प्रहार गरेको थियो। चौधरी प्र–१–०२–००४ ह ७८०४ नम्बरको आफ्नै सिटी सफारी चलाउँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार गरेर फरार भएका थिए। चौधरीको गत असोज २५ गते साँझ गोली प्रहार गरी हत्या भएको थियो। हत्यामा संलग्नहरूलाई झन्डै दुई महिनाको अनुसन्धान र खोजतलासपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिए।
उनका अनुसार, पक्राउ पर्नेहरूमा रामधुनी–१, झुम्काका ४३ वर्षीय राजेश भनिने राजकिशोर शाह, सोही ठाउँका ४० वर्षीय नन्दकिशोर शाह, राजविराज–१६ का २८ वर्षीय अङ्कित शाह, सोही ठाउँका २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राह नरसिंह गाउँपालिका–५, सुनसरीका ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगंज गाउँपालिका–४, सुनसरीका ३७ वर्षीय गियास मन्सुरी र देवानगंज गाउँपालिका–५ का २५ वर्षीय मिथिलेस यादव रहेका छन्। उनीहरुले मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरु गोली हानेर फरार भएका थिए ।
आफ्नो सफारी लिएर उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा चौधरीमाथि गोली प्रहार भएको थियो । बायाँ छातीमा गोली लागेको र शरीरबाट अत्यधिक रगत बगेको घाइते अवस्थामा भेटिएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।