नेपाल प्रहरीका असई कार्कीले काठमाण्डौमा जन्मदै ब्रेन ट्युमर भएका चार महिने छोराको गरे हत्या

नेपाल प्रहरीका असई कार्कीले काठमाण्डौमा जन्मदै ब्रेन ट्युमर भएका चार महिने छोराको गरे हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ मंसिर २०८२
  • 5.8K
    Shares

पोखरा, २२ मङ्सिर २०८२।

काठमाण्डौमा नेपाल प्रहरीका एक जना जुनियर प्रहरी अधिकृतले जन्मदै ब्रेन ट्युमर भएका आफ्नो चार महिने छोराको हत्या गरेका छन्।

प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नो सिनामंगलस्थित डेराकोठामा ४ महिने छोराको घाँटी रेटेर हत्या गरेका हुन् । उनले नेपाल प्रहरीमै कार्यरत आफ्नी श्रीमतीलाई पनि कुटेका बताइएको छ।

असई कार्कीलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् ।

प्रतिक्रिया