दोलखामा मोटरसाइकल दुर्घटना : एक युवाको मृत्यु, अर्का घाइते

दोलखामा मोटरसाइकल दुर्घटना : एक युवाको मृत्यु, अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ मंसिर २०८२
  • 1.8K
    Shares

पोखरा, २२ मङ्सिर २०८२।

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

तामाकोशी-मन्थली सडकअन्तर्गत बैतेश्वर गाउँपालिका-६ स्थित तामाकोशी नदी नजिकै आइतबार भएको मोटरसाइकल दुर्घटनामा बैतेश्वर गाउँपालिका-१ गैरीमुदीका ३० वर्षीय अङ्कितराज उप्रेतीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मेलुङ गाउँपालिका-१ पवटीका ३० वर्षीय दोर्जे लामा घाइते भएका र उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए ।

प्रतिक्रिया