ट्याक्सीसहित म्याग्दीको खहरेखोलामा खसेका चालक मृत भेटिए

ट्याक्सीसहित म्याग्दीको खहरेखोलामा खसेका चालक मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ मंसिर २०८२
  • 5.4K
    Shares

पोखरा, २२ मङ्सिर २०८२।

ट्याक्सीसहित म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङ्गको खहरेखोलामा खसेका चालक मृत अवस्थामा भेटिएका छन्।

बेनी–दरवाङ सडकको रणवाङदेखि बाबियाचौरतर्फ जादै गरेको ध १ ज ९९० नम्बरको ट्याक्सी सडकबाट म्याग्दी नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा बेपत्ता भएका चालक मृत भेटिएका हुन्।

उक्त ट्याक्सीका चालक रणवाङका ३७ वर्षीय सुजन सेनको म्याग्दी नदीको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बेनी–दरवाङ सडकको रणवाङदेखि बाबियाचौरतर्फ जादै गरेको ध १ ज ९९० नम्बरको ट्याक्सी सडकबाट म्याग्दी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्सीका चालक रणवाङका ३७ वर्षीय सुजन सेनको शब म्याग्दी नदीको किनारमा भेटिएको र दुर्घटनाग्रस्त ट्याक्सी म्याग्दी नदीभित्रबाट बाहिर निकालिएको म्याग्दी जिल्लाका प्राह्री प्रमुख प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले जानकारी दिए।

चालकसहित ट्याक्सी खहरेखोलामा खसेको खबर पाउनासाथ शसस्त्र प्रहरीको नारच्याङमा रहेको विपद् व्यवस्थापन बेस क्याम्पबाट आएको गोताखोरको टोलीले नदीभित्र डुबेको ट्याक्सी भेट्टाएका थिए । सडकबाट उछिट्टिएर करिब एक सय ५० मिटर तल नदीमा पुगेको ट्याक्सीका चालकको शव किनारमा भेटिएको थियो भने, सिसा र केही पाटपुर्जा पाखोमा थिए ।

बिहान नदी किनारमा शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटना अघि मृतक चालकले यात्रु पु¥याएर फर्कदै गरेको खुलेको छ । दुर्घटना हुदाँ ट्याक्सीमा चालकमात्र थिए ।

प्रतिक्रिया