पोखरा, २० मङ्सिर २०८२।
सुनसरीको धरानमा आज साँझ योद्वा पिक गाडी दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
भेडेटार बाट धरान आउदै गरेको प्रदेश १ ०२ ००२ च ३८२६ नम्बरक योद्वा पिक गाडी धरान १३ वेलफर अगाडीको घुम्तीमा आज शनिवार ६ बजे दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका हुन्।
उक्त दुर्घटनमा मृत्यु भएका व्यक्तिको पहिचान हुन् बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा घाइते भएका ११ जना यात्रीको बिपि प्रतिषठानमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
घाईतेहरुको नामवाली
१. ईटहरी उमनपा ५ बस्ने वर्ष ४० को संजय पाल
२. दुहबी नपा ९ बस्ने वर्ष १९ को एम डि एकबाल राईन
३. मोरङ जिल्ला विराटनगर मनपा ७ बस्ने वर्ष २६ को रोशन कामत
४.ईटहरी उमनपा १ बस्ने वर्ष २० को दुर्गामणि चौधरी
५. ईटहरी उमनपा ४ बस्ने वर्ष १८ को शुभम रौनियार
६.. ईटहरी उमनपा २ बस्ने वर्ष १८ को प्रदिप कुमार दास
७. मोरङ जिल्ला विराटनगर मनपा ९ बस्ने वर्ष २२ को विशाल माझि
८. दुहबी नपा ६ बस्ने वर्ष २१ को आयुष चौधरी
९. मोरङ जिल्ला विराटनगर मनपा ९ बस्ने वर्ष २२ कि बेदा मिश्र
१०. उदयपुर जिल्ला ताप्ली गापा २ बस्ने वर्ष २८ को जीवन कुमार श्रेष्ठ (चालक)
११. मोरङ जिल्ला विराटनगर मनपा २ बस्ने वर्ष २६ कि अनु कामत