लमजुङमा होटल चोरी गरेर भागेका युवा साढे आठ वर्षपछि पक्राउ परेर धरौटीमा छुटे

लमजुङमा होटल चोरी गरेर भागेका युवा साढे आठ वर्षपछि पक्राउ परेर धरौटीमा छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० मंसिर २०८२
  • 2.7K
    Shares

पोखरा, २० मङ्सिर २०८२।

लमजुङमा होटल चोरी गरेर भागेका युवा साढे आठ वर्षपछि पक्राउ परेका छन्।
जिल्लाको बेसीशहर नगरपालिका वडा नं. ७ मनाङ्गे चौतारास्थित होटल २०७४ साल चैत ५ गते चोरी गरेर भागेका युवा लमजुङमा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा साविक बाहुनडाडा गा.वि.स वडा नं. ५ हाल मर्स्याङ्दी गा.पा वडा नं. ६ बस्ने बर्ष २६ को प्रसन्न कतिला रहेको जिल्ला प्रहरी कार्यालय लमजुङ्ले जानकारी दिएको छ।

प्रहरी चौकी बाहुनडाडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका कतिलालाई ३० हजार रुपियाँ धरौटीमा छाडेको छ। कतिलालाई आबश्यक अनुसन्धान पछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, लमजुङमा उपस्थित गराएकोमा थुनछेक आदेश पश्चात रु ३०,०००।– (तीस हजार रुपैया) धरौटीमा छाड्न आदेश भएको थियो।

प्रतिक्रिया