निर्वाचन आयोग भन्छ– दुइटा केन्द्रबाहेक सबै ठाउँ शान्तिपूर्ण मतदान

निर्वाचन आयोग भन्छ– दुइटा केन्द्रबाहेक सबै ठाउँ शान्तिपूर्ण मतदान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ बैशाख २०७४
  • 11.8K
    Shares

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लामा भएको निर्वाचनमा दुइटा केन्द्रमा मात्रै अबरोध भएको जनाएको छ । दोलखाको बिगु र काभ्रेको नमोबुद्धमा मतदान सुरु नभएको आयोगको संयुक्त निर्वाचन परिचान केन्द्र (जेईओसी)ले जनाएको छ ।

३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य सुरु भएको जेईओसीले जनाएको छ । आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ ।

प्रतिक्रिया