पोखरा १९ मङसीर २०८२।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलको तर्फबाट नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन् ।
शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोसपा, एकीकृत समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा समर्थनमा मुख्यमन्त्रीमा यादवले दाबी पेश गरेका हुन् ।

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न साँझ ५ बजेसम्मको समय दिइएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार विश्वासको मत प्राप्त नहुने देखिएपछि पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि मधेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।