गठ्ठाघरमा सकेट बम, सुरक्षाकर्मीद्वारा डिस्पोज
वैशाख ३१, भक्तपुरको गठ्ठाघरमा अपरिचित समूहले सकेट बम राखेको छ । सुरक्षाकर्मीले आइतबार बिहान नै बम डिस्पोज गरेको छ ।
बमको नजिकै भने कांग्रेस निकट विद्यार्थी संगठनको लेटरप्याडमा पर्चा भेटिएको प्रहरीले जनाएको छ।
अहिले त्यहाँको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ।
तार्केस्वरमा एकाबिहानै मतदान केन्द्रमा सकेट बम बिस्फोट ,काउलेमा सिलिण्डर बम पड्कीयो
आज बिहान करिब ६ बजेर ५० मिनेटमा तार्केस्वर नगरपालीका वडा नम्बर १ स्थीत बालकुमारी स्कुल नजिकै दुई वटा सकेट बम बिस्फोट भएको जनाईएको छ ।
मतदान गर्न जान लागेकाबेला अचानक बम बिस्फोट भएको स्थानियहरुले जनाएको । थप विवरण आउन बाकी छ ।
यस्तै राति १० बजे काठमाण्डौ जर्सिङपौवा र प्रहरी चौकिको बिचमा पर्ने काउले भन्ने स्थानमा पनि सिलिण्डर बम विस्फोट भएको खबर प्राप्त भएको छ ।
उता काठमाडौंकै थानकोट क्षेत्रमा स्थानीयको घरघरमा सुरक्षाकर्मी पसेर छापा मार्ने र सर्च गर्न थालेको समाचार छ । यसपछि स्थानीय आतंकित बनेको समाचार छ । घरमा पसेर सर्च गर्ने कार्य तत्काल रोक्न सरकारसँग स्थानीय माग गरिरहेका छन्
मकवानपुरका चार स्थानमा शक्तिशाली बम विस्फोट, तीन उम्मेदवारको घर नजिक र एक मतदान केन्द्रमा
नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आज राति मकवानपुरका चार स्थानमा शक्तिशाली बम विस्फोट गराएका छन् ।
स्थानीय निर्वाचनमा उम्मेदवार बनेका एमाले नेताहरुको तीन घर र अर्को मतदान केन्द्रमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले शक्तिशाली बम विस्फोट गराएका छन् । विस्फोटपछि सुरक्षाकर्मीले गोली चलाएका थिए । मकवानपुरको चार स्थानमध्ये हाडीगाउँ मतदान केन्द्रमा शक्तिशाली सिलिण्डर बम विस्फोटपछि नेपाली सेनाले अन्धाधुन्ध गोली चलाएको थियो ।
यता मकवानपुरको तीन उम्मेदवारको घरमा छुट्टा छुट्टै स्थानमा शक्तिशाली बम विस्फोट भएको छ । इन्द्रसरोबर ३ थाकलमा रहेको एमाले उम्मेदवार धनबीर थाकलको घर नजिकै मध्यरातमा बम विस्फोट भएको छ ।
त्यसैगरी आज आइतबार विहानै मकवानपुरकै दुई स्थानमा पनि शक्तिशाली बम विस्फोट भएका छन् । कैलाश गाउँपालिका वडा नं १० बलम्टारमा एमाले उम्मेदवार चुम्बल गुम्वाको घर नजिक र थाहा नगरपालिका ११ को टिस्टुनमा विहानै शक्तिशाली बम विस्फोट भएको छ ।
यसरी मकवानपुरका चार स्थानमा शक्तिशाली बम विस्फोटपछि हाँडीगाउँ मतदान केन्द्रमा रहेका सुरक्षाकर्मीले दर्जनौ राउण्ड अन्धाधुन्ध गोली चलाएका थिए ।
मतदान केन्द्र र उम्मेदवारको घरमा बम विस्फोट हुनथालेपछि मकवानपुरमा सुरक्षा चुनौती बढेर गएको सुरक्षाकर्मीहरुले नै बताउन थालेका छन् ।