लंकु मावि मतदान केन्द्रमा दाहाल पहिलो मतदाता

लंकु मावि मतदान केन्द्रमा दाहाल पहिलो मतदाता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ बैशाख २०७४
  • 11.2K
    Shares

वैशाख ३१ भरतपुर, – प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका– ४ स्थित लंकु मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी मत हाल्ने पहिलो मतदाता हुन् ।

महानगरपालिकामा कांग्रेससमेतको समर्थनमा छोरी रेणु दाहाल मेयरमा उम्मेदवार भएकी छन् ।

दाहाल मतदानका लागि सपरिवारसहित शनिबार नै भरतपुर पुगेका थिए । छोरा प्रकाशका अनुसार प्रधानमन्त्री बिहान साढे १० बजे काठमाडौं फर्कनेछन् ।

प्रधानमन्त्रीले निर्वाचनमा तालमेल हुनु अस्वभाविक नरहेको भन्दै सहजरुपमा लिन अपिल गरे ।

प्रतिक्रिया