पोखरा १२ मङ्सिर २०८२।
अदालतले डकैती मुद्दामा दोषी ठहर गरेका एक जना डाँका ३८ वर्षपछि स्याङ्जामा समातिएका छन्।
स्याङ्जा साविक बाहाकोट गा.वि.स. ०७ हाल पुतलिबजार नगरपालिका वडा नम्बर-०८ गेउडाँडा मा भएको डाँका चोरी मुद्दामा स्याङ्जा जिल्ला अदालतले २०४३ साल माघ ७ गते दोषी ठहर गरेका एक जना डाँका ३८ वर्षपछि स्याङ्जामा समातिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले आज पक्राउ गरेका डाँका सविक कोल्मा बराहचौर गा.वि.स.वडा नं. ८ हाल पुतलिबजार नगरपालिका वडा नं. ८ अरभ्याङ बस्ने बर्ष ६८ को पुरसिंह चैते भन्ने कृष्ण बहादुर शाही रहेको प्रहरीले जानकारी दिएको छ ।
निज शाहीलाई स्याङ्जा जिल्ला अदालतले २०४३ साल माघ ७ गते दोषी ठहर गर्दै आठ महिना चार दिनको कैद सजायं गर्ने फैसला गरेको थियो। अदालतको फैसलापछि पनि भागेका शाहीलाई पक्राउ गरेर फैसला कार्यान्बयानका लागि स्याङ्जा जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ।