पोखरा १२ मङ्सिर २०८२।
पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रबाट अबैध लागू औषधसहित एक जना युवा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको सयुक्त प्रहरी टोलिले बिहिबार दिउसो पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडबाट अबैध लागू औषधसहित एक जना युवालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोट घर भई हाल पोखरा ६ लेकसाईड ४ नं. स्ट्रिट बस्ने २३ वर्षीय आन्सी परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। परियारको लेकसाईडस्थित डेराकोठाबाट लागू औषध डाईजापाम ३४ एम्पुल, फेनेरागन ३३ एम्पुल र ब्रुफिनुर्फिन ३४ एम्पुल गरी जम्मा १०१ एम्पुल र मोवाईल एक थान समेत बरामद भएको प्राप्त समाचारमा जनाइएको छ।
अभियुक्त परियारबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।