पोखरा १२ मङ्सिर २०८२।
जेन जी आन्दोलनका क्रममा भागेका तीन जना कैदी काठमाडौंका विभिन्न स्थानबाट हतियारसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुर घर भइ हाल बागबजार काठमाडौं बस्ने २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र बागलुङ घर भइ भृकुटिमण्डप बस्ने २५ वर्षीय बालकृष्ण गैरे रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। उनीहरूलाई मंसिर १० गते पक्राउ गरिएको हो ।
गएको भदौमा भएको २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गरी आपराधिक गतिविधिमा केही व्यक्ति संलग्न भएको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए ।
उनीहरूको साथबाट दुईवटा पेस्तोल र त्यसको म्याग्जिन एक थान बरामद गरिएको एसपी आचार्यले जानकारी दिएका छन् ।