गएराती बारामा किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटी हत्या

गएराती बारामा किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटी हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८२
  • 2.6K
    Shares

पोखरा १२ मङ्सिर २०८२।

बाराको प्रसौनी गाँउपालिका–६ भलुहीस्थित किरण वेबरेजका व्यवस्थापक रामकिशोर सिंहको हत्या भएको छ ।

सर्लाहीको धनकौल गाउँपालिकाका स्थायी बासिन्दा ४२ वर्षीय सिंहको गएराति घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराले सिंहको हत्या भएको घटनाबारे बिहान करिब ८ बजेतिर मात्रै सूचना प्राप्त भएको जनाएको छ ।

जिप्रका बाराका प्रवक्ता विजय पण्डितले सिंह लामो समयदेखि उद्योगमै बस्दै आएको र घाँटी रेटेर हत्या भएको अवस्थामा फेला पारेको बताए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरिसकेको उनले बताए ।

प्रतिक्रिया