पोखरा १२ मङ्सिर २०८२।
दाङको तुलसीपुर कारागारबाट भागेका एक थुनुवा नेपालगन्जमा मृत फेला परेका छन्।
दाङको तुलसीपुर कारागारबाट भदौ २४ गते जेनेजी आन्दोलनका क्रममा भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जस्थित रुकुमेली होटलमा मृत भेटिएका हुन्।
तुलसीपुर–१८ हेमन्तपुर घर भएका देवकोटा लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा। रहेका थिए। आन्दोलनकै समयमा उनी कारागारबाट भागेका थिए।
उनको शव नेपालगन्जस्थित एक नर्सिङ होममा राखिएको छ। प्रहरीका अनुसार, आज बिहान १० बजेपछि भेरी अस्पतालमा पोष्टमार्टम गरिनेछ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।