गएराती रुकुमपश्चिममा मोटरसाइकल नालीमा खस्यो : युवाको मृत्यु, मोटरसाइकल चालक घाइते

गएराती रुकुमपश्चिममा मोटरसाइकल नालीमा खस्यो : युवाको मृत्यु, मोटरसाइकल चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८२
  • 2.3K
    Shares

पोखरा १२ मङ्सिर २०८२।

रुकुमपश्चिममा मोटरसाइकल नालीमा खस्दा एक युवाको मृत्यु भएको छ भने मोटर =साइकल चालक घाइते भएका छन्।

बाँफिकोट गाउँपालिका –७ बास्तोलास्थित नदुवाबाट राडीतर्फको भित्रि सडकमा गएराती क.प्र- ०३००१ प ०६१३ नम्वरको मोटरसाइकल नालीमा खस्दा सोही मोटरसाइकलको पछाडी बस्ने स्थानीय ४६ वर्षीय झलक खत्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारको लागि जिल्ला असपताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए। उनी गोरेकाडा आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका बताइएको छ।

सोहि दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक बाँफिकोट गाउँपालिका –७ चिमारचौर निवासी २९ वर्षीय हरिभान खत्री घाइते जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण माेटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया