सुर्खेतमा सैनिक स्कुलले मोटरसाइकललाई ठक्कर दियो : २३ वर्षीय युवाको मृत्यु

सुर्खेतमा सैनिक स्कुलले मोटरसाइकललाई ठक्कर दियो : २३ वर्षीय युवाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० मंसिर २०८२
  • 1.9K
    Shares

पोखरा १० मङ्सिर २०८२।

सुर्खेतस्थित सैनिक आवासीय महाविद्यालय मंगलगढीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ।

सुर्खेतको नेवारेतर्फ आउँदै गरेको सैनिक आवासीय विद्यालयको बाप्र०१००४ क ५५७४ नम्बरको स्कुल बसले भे८प ४२९ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिंदा एक जना युवाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका वीरेन्द्रनगर नगरपालिका–७ का अन्दाजी २३ वर्षीय महेश सापकोटाको उपचारको क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ।

प्रतिक्रिया