काठमाण्डौमा लुटपाटमा संलग्न लमजुङका एक युवा पेस्तोल र गोलीगट्ठासहित समातिए

काठमाण्डौमा लुटपाटमा संलग्न लमजुङका एक युवा पेस्तोल र गोलीगट्ठासहित समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० मंसिर २०८२
  • 4K
    Shares

काठमाण्डौमा लुटपाट

पोखरा १० मङ्सिर २०८२।

लुटपाटमा संलग्न लमजुङका एक युवा पेस्तोलर त्यसमा लाग्ने गोलीगट्ठासहित काठमाण्डौमा समातिएका छन्।

काठमाडौं, नागार्जुन नगरपालिका ३ ठुलो भर्याङ स्थित सडक खण्डमा यात्रा गरिरहेकी बारा घर भएको एक महिलाले लगाएको डेढ तोलाको सुनको सिक्री लुटपाटमा संलग्न रहेका लमजुङका एक युवा पेस्तोल र त्यसमा लाग्ने गोलीगट्ठासहित समातिएका हुन्।

उक्त आरोपमा पक्राउ पर्नेमा लमजुङ, दोर्दि गाउँपालिका ७ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका ८ पिपलडाँडा डेरा गरी बस्ने वर्ष ३९ को टाशि गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जानकारी दिएको छ।

उनलाई काठमाण्डौस्थित प्रहरी वृत्त स्वयम्भू बाट खटिएको प्रहरी टोलीले मंगलबार राती आठ बजे तारकेश्वर नगरपालिका ८ जरङ्खुबाट पक्राउ गरेको परिसरका प्रबक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त गुरुङको तारकेश्वरको पिपलडाँडास्थित डेराकोठा खानतलाशी गर्दा 7.65 एम एम को अटोमेटिक पेस्तोल त्यसमा लाग्ने एक थान म्याग्जिन, ६ थान गोली , र एक थान पेस्तोलको पोज लगायतका सामग्री बरामद भएको प्रहरीले जिकिर गरेको छ। त्यस्तै प्रदेश ३०२ -००५ प ४०७१ नम्बर भएको कालो रङको होण्डा एउटा डियो स्कुटर, एक थान खुकुरी एक थान हातमा लगाएको औँठी, लुटपाट गर्दा प्रयोग भएको हुलिया बमोजिम को सबै कपडा, जुत्ता, हेल्मेट र लुटपाट गर्दा प्रयोग गरिएको प्रदेश ३०२-००४ प २७३५ नम्बरको नम्बर प्लेट पनि प्रहरीले बरामद गरेको बताइएको छ।

प्रतिक्रिया