बागलुङको दाँगखोलामा एक पुरुष मृत भेटिए

बागलुङको दाँगखोलामा एक पुरुष मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० मंसिर २०८२
  • 4.4K
    Shares

पोखरा १० मङ्सिर २०८२।

बागलुङको दाँगखोलामा एक पुरुष मृत भेटिएका छन्।

बडिगाड गाउँपालिका–५ खौलारास्थित दाँगखोलामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। शवको पहिचान भने हुन सकेको छैन।

खोलामा अनुहार डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शवको सनाखत प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिए।

प्रतिक्रिया