पोखरा १० मङ्सिर २०८२।
नवलपुरमा बम भेटिएको छ। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ सर्दीको हिरौटेबाट पहेलटाँडी जाने कच्ची बाटोमा मंगलबार बम (हेन्ड ग्रिनेट) जस्तो देखिने बस्तू भेटिएको हो।
माओवादी जनयुद्ध कालमा छाडिएको हुन सक्ने आशंका गरिएको उक्त हेन्ड ग्रिनेट नेपाली सेनाको बम डिस्पोजल टोलीले बिष्फोट गराएर नष्ट गरेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार उक्त वम नेपाली सेना नम्बर २ वन तथा पर्यावरण गण हात्तीखोरबाट गएको टोलीले डिस्फोज गरेको हो ।