काठमाडौँ, ९ मङ्सिर २०८२।
रौतहटमा बुहारीको हत्या गरी खाडलमा गाडेर एक परिवार सबै भागेका छन्।
रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा २५ वर्षीया तरीमा खातुनको हत्या गरी खाडलमा गाडेर परिवारका सबै भागेका छन्।

प्रहरीका अनुसार , तरीमा खातुनका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन्। तरीमा खातुनको सोमबार राति हत्या गरेर घरको भुस राख्ने स्थानमा खाडल खनी गाडेर उनका सासु – ससुरा लगायतका अन्य परिवार भागेक्को प्रहर्फीले जानकारी दिएको छ।
मंगलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य फरार छन्।