काठमाडौँ ७ मङ्सिर २०८२।
नेकपा (एमाले) नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ।
सुनसरी जाँदै गरेका बस्नेत चढेको गाडीमा दुई जेन–जी युवाले विराटनगर विमानस्थलमा आक्रमणको प्रयास गरेका हुन्। एमाले स्थायी कमिटि सदस्य समेत रहेका बस्नेतमाथि आक्रमण प्रयास गरेको आरोपमा प्रहरीले अप्रित कुवँर र सञ्जोग गौतमलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसा , उनीहरुले नेता बस्नेतमाथि रातो मसी छ्यापेका थिए। जेन–जी आन्दोलनका क्रममा मारिएका युवाको न्यायका लागि सांकेतिक विरोधस्वरूप मसी छ्यापेको उनीहरूले दाबी गरेका छन्।
अहिले नेता बस्नेत सुरक्षित रूपमा आफ्नो गन्तव्यतिर प्रस्थान गरेका छन्।