नेपाल बन्दको पुर्व सन्ध्यामा गण्डकमा छापामार शैलीमा मसाल जुलुस

नेपाल बन्दको पुर्व सन्ध्यामा गण्डकमा छापामार शैलीमा मसाल जुलुस


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ बैशाख २०७४
  • 51.8K
    Shares

लब्ली डाडा पोखरा तस्विर नेकपा स्रोत

आश तमु पोखरा वैशाख २९/नेपाल बन्दको पुर्व सन्ध्यामा देशको विभिन्न ठाउमा नेपाल कम्युनिष्ट पार्टीले छापामार शैली अपनाउदै मसाल जुलुस गरेको छ। प्राप्त स्रोतको जानकारी अनुसार गण्डक क्षेत्रका बिभिन्न जिल्लाहरुमा पनि नेकपा का कार्यकर्ताहरुले छापामार शैलीमा मसाल् जुलुस निकालिएको खबर प्राप्त भएको छ।

पोखराको बिजयपुर,मादी गाउ पारी,लब्ली डाडा र छोरेपाटनमा मसाल जुलुस निकाएको छ तर प्रशाशन भने यस बाट बेखवर छ। यसै गरी गोरखाको मनकामना,लमजुङको भोडेओडार र बेशी शहर नजिक,तनहुको भिरचोक आबुखैरेनी र दमौली नजिक  छापामार शैलीमा नेकपाले बन्दको आह्वान गर्दै  छापामार शैलीमा मसाल जुलुल निकालिएको हुन।

स्थानीय तहको चुनाबमा असहमती जनाउदै आएका विप्लवका पार्टीले पुर्ण खारेज भन्दै उम्मेदवार केन्द्रीत आक्रमण गर्दै आएका थिय। स्थानीय तहको चुनाबको सुरक्षालाई लिएर सरकार विप्लब कार्यकर्ताहरुलाई  देशै भर धरपकड गरे पछी आफ्ना कार्यकर्ताको रिहाईको लागी भोली३० गते नेपाल बन्दकोआयोजना गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार