पोखरा–पारो अन्तर्राष्ट्रिय उडान औपचारिक शुरु : एकसय २६ सिट क्षमताको भुटान एयर खाली आयो, पोखराका मेयर आचार्यसहित नौ जना यात्री लिएर उड्यो

पोखरा–पारो अन्तर्राष्ट्रिय उडान औपचारिक शुरु : एकसय २६ सिट क्षमताको भुटान एयर खाली आयो, पोखराका मेयर आचार्यसहित नौ जना यात्री लिएर उड्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०८२
  • 6K
    Shares

पोखरा, ३ मङ्सिर २०८२।

भुटानको राष्ट्रिय ध्वजाबाहक भुटान एयरले बुधबारदेखि औपचारिक रुपमा पोखरा–पारो अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ।

औपचारिक उडान शुरु गरेको भुटान एयर भुटानबाट खाली आएको थियो। तर पोखराबाट भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित जना पाहुना लिएर भुटान पुगेको छ।

हाल भुटानको राजधानी थिम्पुमा रहेका पोखरा महानगरका मेयर आचार्यले केही प्राविधिक कारण पूर्व निर्धारित टिमसहितको यात्रा हुन नसके पनि छिट्टै नियमित उडान सञ्चालन हुने बिश्वास व्यक्त गरे।

युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी) ले यसअघि नै १२ असोजदेखि चार वटा चार्टर उडान गर्ने जनाए पनि जेनजी आन्दोलनका कारण रोकिँदै आएको थियो । आन्दोलनका कारण अघिल्लो तालिका पुनतालिकीकरण भएको छ । बाँकी नियमित सिधा उडान २०२६ अप्रिलदेखि पुनः शुरु हुने जनाइएको छ ।

यो एयर १२६ सिट क्षमताको छ । ट्राभल्सले चार्टर उडानसहित ट्राभल्स प्याकेजसमेत बनाएको छ । सो प्याकेज चार रात र पाँच दिनको रहेको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडान शुरु हुनुले दुवै देशको पर्यटन प्रबर्द्धन सहयोग पुग्ने पोखराका पर्यटन व्यवसायीले अपेक्षा गरेका छन् । हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भुटान एयरलायन्सले सातामा चार उडान भर्दै आएको छ ।

यसअघि गएको असारमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान जारी छ । सिचुवानले पोखरा–सिचुवान–अष्ट्रेलिया उडानको पहलसमेत गरिरहेको छ ।

हिमालय एयरलाइन्सले पोखरामा सातामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौंँ जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो ।

गत १७ पुस, २०७९ मा विमानस्थल उद्घाटनको २ वर्षपछि यहाँबाट हिमालयले पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान थालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार