पैसा बाँड्न मध्यरात दलित बस्तीमा पुगेका काँग्रेस सचिवलाई मतदाताले नै समाते

पैसा बाँड्न मध्यरात दलित बस्तीमा पुगेका काँग्रेस सचिवलाई मतदाताले नै समाते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ बैशाख २०७४
  • 31K
    Shares

नुवाकोट । चुनावको मौन समयसँगै पैसाको झोला बोकेर गाउँ पसेका काँग्रेस नेतालाई मतदाताले नियन्त्रणमा लिएका छन् ।विदुर नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाई सुरेन्द्रराज अधिकारीलाई विहिबार मध्यराति स्थानीयवासीले पैसासहित नियन्त्रणमा लिएका छन् । दलित मतदातालाई पैसा बाँड्न लागेको बेला नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।

अधिकारसँग पैसा बाँड्न विदुर नगरपालिका वडा नं. ९ दशमुरेचौतारोस्थित मिजार वस्तीमा पुगेका त्रिभुवन त्रिशूली माविका शिक्षक नवराज आचार्य र उत्तरगया अंग्रेसी विद्यालयका प्रिन्सिपल सुनील श्रेष्ठलाई समेत नियन्त्रणमा लिइएको छ ।

उनीहरुको साथमा भएको पैसा प्रहरीले बरामत गरेको छ भने तीनै जनालाई राति नै छाडेको प्रहरीले बताएको छ ।नेकपा एमाले विदुरका मेयर पदका उम्मेदवार सन्जु पण्डितले मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोटमा कारवाहीको माग गर्दै उजुरी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार