आश तमु, पोखरा वैशाख २७। पोखरा सस्तो बजारको काण्डले उग्ररुप लिएको छ। केही समय टेण्डरको विषयलाई लिएर बजार र व्यापारी विच भएको कलहले झडप सम्मको उग्र रुप लिएको हो। नेपाल वायुसेवा निगमको मातहतमा रहेको पोखरा नयावजार स्थित सस्तोबजारको जग्गाको भाडालाई लिएर वायु सेवा निगमवाट टेण्डर पारी अनुमति पाएको फेवा एग्रोमार्टका सञ्चालक युवराज खतिवडा र व्यापारीहरु बिच बारम्बार झडप हुदै आइरहेको छ।
आज दिउसो पोखरा सस्तो बजारमा पुर्ण झडपको स्थिति सिर्जना भएको छ। केही समय अघि सस्तो बजारकै मातहतमा होटल सञ्चालन गर्दै आएका सन्त वहादुर गुरुङ आज आफैले सञ्चालन गर्दै आएको सटर खोल्न आए पछी बजारका व्यापारी र सन्त वहादुर गुरुङ सङ्ग आएका युवाहरु विच झडपको स्थिति सिर्जना भएको थियो। समयमा नाइ वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहन मणि अधिकारीको कमाण्डमा पुगेका सयौ प्रहरी घटना स्थलमा पुगे पछी सम्भावित दुर्घटनालाई प्रहरीले रोकेको थियो।
पोखरालाई फुटपात मुक्त सहर बनाउने अभियान चले पछी पोखराका विभिन्न फुटपातमा व्यवसाय गर्दै आएका व्यापारीहरुलाई व्यवस्थित गर्न तत्काल नगर विकास सामिती उधोग वाणिज्य सघ पोखरा, तत्कालिन पोखरा उपनगरपालिका, जिल्ला प्रशाशनको रोहवरमा व्यापारीहरुलाई नेपालबायु सेवा निगमको मातहतमा रहेको खाली जग्गामा व्यापारीहरुलाई राख्ने सहमति अनुरुप तत्काल सो जग्गालाई सञ्चालन गर्दै आएका आक्रिती तथा आकुरा प्राली का सञ्चालक भरत गुरुङलाई पोखरा सस्तो बजारका व्यापारीहरुले एक् मुष्ट रकम भाडा तिर्दै आएका थिय। वायु सेवा निगम र भरत गुरुङको २ वर्षको सहमति सकिए पछी वायु सेवा निगमले नया टेण्डर आह्वान गरेको थियो। उक्त टेण्डर काठमान्डौका गुण्डा नाइके भनेर चिनिने राजु गोरखालीको फर्ममा परेको थियो। राजु गोर्खालीले भने आफुलाई अधिकार दिएको भन्दै फेवा एग्रो मार्टका साञ्चालक युवराज खतिवडाले भाडा आफुलाई दिनु पर्ने भन्दै बजारमा आएपछी विचौलियालाई भाडा नर्तिने बरु वायु सेवा निगमलाई सिधै बुझाउछौ भन्दै बजारका व्यापारी एक भए पछी झडपको रुप सुरु भएको थियो।
सस्तो बजार व्यापार समितिका अध्यक्ष केशव भुजेलले जानकारी गराउदै “मासिक रुपमा हामीले पहिला एक मुष्ट ६६०००।- बुजाउदै आएकोमा एक्कासी मासिक ११००००।- लाख भने पछी हामीले भाडा बुजाएका छैनौ,हामी साना व्यापारी यती थुलो रकम बुजाउन सक्षम छैनौ।विचौलिया वर्गले बजार हटाएर आफ्नो स्वार्थ लुट्न खोजेको, यसै वजारवाट हुने व्यापारवाट हाम्रो वजारका सयौ व्यापारीहरुले परिवार पाल्दै आएको यो नै विचौलिया लाई सुपिएको खण्डमा कता जाने” भन्दै दुखेसो पोखे। दिन भर व्यापार गरेर आएको पैसाले बेलुका र विहानको छाक काट्डै आएका व्यापारीहरुलाई गुण्डाहरु ल्याएर तर्साउने काम भएको भन्दै भुजेलले आक्रोस पोखे।
केही समय अघि वेलुका फेवा एग्रो मार्टका सञ्चालक युवराज खतिवडा माथि भएको आक्रमणलाई लिएर प्रशाशनले बजारका व्यापारीलाई त्रास दिएको र आज सन्त बहादुर गुरुङ सहितका आएका गुण्डाहरुले निम्ताएको झडपलाई लिएर विज्ञप्ती जारी गर्दै सस्तो बजार समितिका अध्यक्ष केशब भुजेलले सन्त बहादुरले समितिलाई जानकारी नगराई सटर खाली गरेर गएको र समितिले वडा प्रहरी कार्यलयमा समेत जानकारी गराएको वताएका छन। युवाराज खतिवडा माथी बेलुका भएको आक्रमणमा आफ्नो बजारको सलग्नता नरहेको र यस बिषयलाई लिएर आफ्ना बजारका व्यापारीहरुलाई तनाब नदिन प्रशाशनलाई ध्यानाकर्षण गराएका छन साथै वारम्बारको यस्ता गतिविधीले सस्तो बजारको शाख गिरेको र व्यापारमा समेत असर परेको भन्दै कास्कीमा रहेका सम्पुर्ण सरोकारवालाई ध्यानाकषर्ण गराएको छ।