बैशाख २७, २०७४ चितवन । रक्षामन्त्री बालकृष्ण खाँडले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) मिल्नु परेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गराउने जिम्मेवारी काँग्रेसको काँधमा आएको हुँदा स्थानीय तहको निर्वाचनमा पार्टीले केहि ठाउँँमा ९माओवादी केन्द्र०संग सहकार्य गर्नुपरेको स्पष्ट पारे ।
मन्त्री खाँडले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रको पक्षधरसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएको बताउँदै निर्वाचनको मनोनयनका समयमा राष्ट्रिय राजनीति फरक प्रशङ्गमा प्रवेश गरेका कारण संयुक्त प्यानल बनाउन नसकेको बताए । समयमा सहमति गर्न नसकेको स्वीकार गर्दै उनले तालमेल गर्ने ठाउँमा काँग्रेस र माओवादी केन्द्रसँग मात्र हुने बताए । अहिलेसम्मको साख बचाउनका लागि पनि पार्टीले गरेको निर्णय कार्यान्वयन गर्ने पक्षमा काँग्रेसी कार्यकर्ता लाग्नुपर्ने बताए ।
मन्त्री खाँडले अहिलेको निर्णय काँग्रेसी कार्यकर्ताका लागि असहज परिस्थिति भए पनि यो एकता मुलुकको रक्षा र संविधान कार्यान्वयनका लागि भएको बताए । मुलुकमा देखिएको द्वन्द्व व्यवस्थापनका लागि अहिलेको तालमेल भएको उनले स्पष्ट पारे ।
फरक प्रशङ्गमा सेना सरकारको महत्वपूर्ण सुरक्षा निकाय भएकाले निर्वाचनमा हुनसक्ने खतरालाई मध्यनजर गर्दै परिचालन गरिएको उनले बताए । मन्त्री खाँडले मतदानस्थलमा कुनै किसिमको अप्रिय घटना हुने सङ्केत पाए सेनाले सुरक्षाको व्यवस्था मिलाउने छ उनले भने । रासस