आज अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र युरोको घट्यो

आज अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र युरोको घट्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ असोज २०८२
  • 2.5K
    Shares

पोखरा, २३ असोज २०८२।

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा थियो।

त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा छ। हिजो युरो १ को खरिदर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ०४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७ पैसा थियो।

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ०६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर चार सय ६२ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६४ रुपैयाँ ६५ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया