एमाले नेता महेश बस्नेत साइबर ब्युरोमा : बयान लिइदैं

एमाले नेता महेश बस्नेत साइबर ब्युरोमा : बयान लिइदैं


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ असोज २०८२
  • 2.6K
    Shares

महेश बस्नेत

पोखरा, २२ असोज २०८२।

साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेका छन्।

पिडित युवतीले दिएको उजुरीका आधारमा आफूमाथि लागि बयान दिन एमाले नेता बस्नेत साइबर ब्युरोमा पुगेका हुन्। उनीसँग बयान लिइएको ब्युरो स्रोतले बतायो ।

बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो । त्यसैले उनी बयानका लागि बुधबार बिहान ब्युरो पुगेका हुन् । उनको बयानको काम भइरहेको स्रोतले जनायो ।

प्रतिक्रिया