पोखरा १४ असोज २०८२ ।
गएराती घरेलु बिबादपछि इटहरीमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरिदिएका छन्।
खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ घर भई इटहरी उपमहानगरपालिका–१२ मा डेरा गरी बस्ने ३० वर्षीय सुमन दाहालले २५ वर्षीया श्रीमती अनिषा भट्टराईको हत्या गरेका हुन्।
प्रहरीका अनुसार , घरेलु बिबाद पछि सोमबार साँझ ८ बजेतिर सुमनले श्रीमती अनिशाको अनिशाको टाउकोमा काठको बटमले हानेर गम्भीर घाइते बनाएका थिए। त्यसपछि अनिषालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइएकोमा उपचारका क्रममा राति ९ः१० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए।
श्रीमती अनिशाको मृत्यु पछि उनका श्रीमान सुमन दाहाललाई आबश्यक अनुसन्धानका लागि हिरासतमा लिइएको डिएसपी हमालले बताए।