आज अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य बढ्यो (सूची)

आज अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य बढ्यो (सूची)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ असोज २०८२
  • 3.3K
    Shares

पोखरा १४ असोज २०८२ ।

नेपाल राष्ट्र बैंकले आज (असोज १४, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ। अमेरिकी डलरको भाउ हिजो सोमबारभन्दा थोरै बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा थियो।

यस्तै आज युरोपियन युरो १ को खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ।

हिजो सोमबारको तुलनामा माथिका विदेशी मुद्राको पनि भाउ थोरै बढेको हो। हिजो क्रमश: युरोपियन युरो १ को खरिददर १६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा तथा युके पाउन्ड स्टर्लिङ १ को खरिददर १८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६९ पैसा थिए।

यस्तै आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। हिजो सोमबार स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम थियो।

बाँकी विदेशी मुद्राको मूल्य तल सूचीमा हेर्नुहोस्:

प्रतिक्रिया