पांच जना पूर्वप्रधानसेनापतिहरुसँग प्रधानसेनापति सिग्देलले गरे समसामयिक विषयमा छलफल

पांच जना पूर्वप्रधानसेनापतिहरुसँग प्रधानसेनापति सिग्देलले गरे समसामयिक विषयमा छलफल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १० असोज २०८२
  • 3.3K
    Shares

पोखरा १० असोज २०८२ ।

नेपाली सेनाले पांच जना पुर्व प्रधानसेनापतिहरुसँग देशको समसामयिक विषयमा छलफल गरेको छ ।

नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेनाको हेडक्वार्टरमा पांच जना पूर्वप्रधानसेनापति लगायतसँग छलफल एवम् अन्तरक्रिया गरेका हुन् ।

नेउक्त छलफलमा पूर्वप्रधानसेनापतिहरू प्रज्वलशमशेर राणा, प्यारजङ्ग थापा, गौरवशमशेर राणा, पूर्णचन्द्र थापा र प्रभूराम शर्मासँग असोजको पहिलो हप्ता छलफल गरेको सेनाका प्रवक्ता एवं सहायका रथी राजाराम बस्‍नेतले जानकारी दिए ।

छलफलमा अहिलेको वर्तमान राजनीतिमा विकसित घटनाक्रमबारे कुराकानी भएको सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ ।

यसअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ र २४ गते गरेको प्रदर्शनमा जनधनको क्षति भएपछि नेपाली सेनाले सुरक्षा कमाण्ड हातमा लिएको थियो । साथै प्रधानसेनापति सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका छन् ।

हालको संसद विघटन समेत भएको छ र अब ताजा जनादेशका लागि आगामी फागुन २१ गते मध्यावधि निर्वाचन हुनेछ ।

शुक्रबार विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति तथा पृतनापतिहरूको सेमत भर्चुअल सहभागितामा सम्पन्न बैठकमा समसामयिक परिस्थितिबारे कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।

छलफलमा नेपाली सेनाको अपरेशनल अवस्था, राष्ट्रिय सुरक्षा विश्लेषण तथा भावी योजनाहरूको तर्जुमा गर्न दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया