आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ भाद्र २०८२
  • 3K
    Shares

पोखरा, २४ भदौ २०८२।
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ।

तर, आज पनि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो।

विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९२ पैसा छ। हिजो युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९३ रुपैयाँ १७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८० पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३३ र बिक्रीदर ४६३ रुपैयाँ ३३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३१ र बिक्रीदर ४६३ रुपैयाँ २७ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४१ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

प्रतिक्रिया