एक लाख रुपियाँ भन्दा मुनिका बचतकर्तालाई पोखरामा रकम फिर्ता गर्दे इमेज सहकारी

एक लाख रुपियाँ भन्दा मुनिका बचतकर्तालाई पोखरामा रकम फिर्ता गर्दे इमेज सहकारी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ भाद्र २०८२
  • 5.1K
    Shares

पोखरा, १७ भदौ २०८२ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख रुपियाँमूनि बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न शुरु गरेको छ । बागलुङका एक लाखमूनि बचत रहेका छसय १३ बचतकर्ताको रकम फिर्ता गरिसकेको उक्त सहकारीले पोखरा शाखाका एकसय ५८ जनाको रकम फिर्ता गर्न शुरु गरेको हो ।

सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले पोखरा शाखामा पांच सय २४ जनामध्ये एकसय ५८ जना बचतकर्ताको एक लाखभन्दा कम बचत रहेको जानकारी दिए । उनीहरुलाई क्रमशः रकम फिर्ता गर्ने कार्कीले बताए ।एक लाखभन्दा बढी बचत रहेको बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलनचल्लीको मुल्यको घर घडेरी उपलब्ध गराउने उनको भनाइ छ ।

समितिले पर्वतको मिना ग्रुप प्रालिसँग सहकार्य गरी बचतकर्ताको रकम फिर्ता गरेको हो । बचतकर्ताको रकम फिर्ता गरेवाफत् सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमतीको नाममा रहेको सम्पूर्ण घरजग्गा प्रालिलाई हस्तान्तरण गर्ने सम्झौता भएको समितिका संयोजक कार्कीले बताए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी, समाचार स्रोत ओएस नेपाल

प्रतिक्रिया