रौतहटमा पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा मृत भेटिए

रौतहटमा पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ साउन २०८२
  • 3.7K
    Shares

पोखरा, ४ साउन २०८२।

रौतहटमा पत्रकार रबिन्द्र प्रजापति आफ्नै घरमा मृत भेटिएका छन् । ३० वर्षीय पत्रकार प्रजापति कटहरिया नगरपालिका ५ स्थित आफ्नै घरमा शनिवार बेलुका मृत भेटिएका हुन् ।

गरुडा म्यूजिकल एफएममा कार्यरत प्रजापति झुण्डिएको अवस्थामा भेटिए पछि पासो काटेर तत्काल अस्पताल पुर्याइएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।

उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धम्की खेपिरहेका प्राप्त समाचारमा जनाइएको छ । खानेपानी समस्या सम्बन्धी समाचार लेखेका कारण उनलाई केहीदिन अगाडि मेयर जयसवालले धाकधम्की दिँदै गालीगलौज गरेका थिए ।

मेयर जयसवालले दिएको धाकधम्कीका कारण पत्रकार प्रजापति तनावमा थिए । डरले घरबाट उनी बाहिर निस्किन सकेका थिएनन् । त्यसैले पनि उनको आत्महत्यामा मेयरले दिएको धम्की मुख्य कारण रहेको स्थानीय बताउँछन् ।

मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धाकधम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेष्ठ २९ मा विज्ञप्ती समेत जारी गरेको थियो । चौतारीका रौतहट शाखा अध्यक्ष अशोक पहाडीले विज्ञप्ती जारी गर्दै पत्रकारलाई मेयर जयसवालले दिएको धाकधम्की विषयमा छानविन गरी दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासनसंग माग गरेका थिए ।

गरुडाका डीएसपी राजन कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धाकधम्की दिएको विषयमा थाहा नभएको बताए । उनले भने, ‘मेयरले धम्की दिएको थियो भन्ने कुरा थाहा भएन । घटनाको अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार