पोखरा, ४ साउन २०८२।
बैंकिङ कसुर मुद्दामा दोषी ठहर लमजुङ्ग कुन्छाका मिश्र काठमाण्डौबाट पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्ति लमजुङ सुन्दरबजार न पा वडा नं. १ घर भइ हाल काठमाडौं टोखा न पा वडा नं. १० बस्दै आएका बर्ष ३९ का बिजय मिश्र रहेका इलाका प्रहरी कार्यालय भोटेओडार लमजुङले जानकारी दिएको छ।
लमजुङ जिल्ला अदालतले बैंकिङ कसूर मुद्दामा अभियुक्त मिश्रलाई दोषी ठहर गर्दै दुई लाख रुपियाँ जरिवाना, आठ हजार रुपियाँ र एकदिन कैद सजायँको फैसला सुनाएको प्रहरीले जानकारी दिएको छ। उक्त फैसला कार्यान्बयन गर्ने क्रममा काठमाडौं बनस्थलिमा लुकिछिपी बसिरहेका मिश्रलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंको सहयोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भोटेओडार लमजुङका प्रमुख प्रहरी निरिक्षक मनोज पाण्डेले बताए।
काठमाण्डौमा पक्राउ परेका मिश्रलाई लमजुङ् ल्याएर फैसला कार्यान्बयनका लागि लमजुङ जिल्ला अदालतमा बुझाइएको पनि प्रहरी निरिक्षक पाण्डेले जानकारी दिए। साथै प्रहरी निरिक्षक पाण्डेले आफ्नो कार्य क्षेत्र भित्र रहेका फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने कार्य तीब्र रुपमा चलिरहेको बताए।
प्रहरी निरिक्षक पाण्डे इलाका प्रहरी कार्यालय भोटेओडारमा सरुवा भएर आए यता दुई महिनाको अवधिमा आठ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ परेका फरार प्रतिबादीहरुमा बैंकिङ कसुर , सवारी ज्यान र चोरी सम्बन्धी मुद्दाका रहेको प्राप्त समाचारमा ञ्जनाइएको छ।