घाँस काट्न गएका एक दम्पत्तिको पहिरोले पुरिएर मृत्यु भएको छ।
घाँस काट्न गएको बेला पहिरोले पुरिएर भूमिकास्थान नगरपालिका- १० धनचौर तल्लोपाकु गाउँमा दम्पतीको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही गाउँका वर्ष ६६ का गोविन्द बुढामगर र श्रीमती वर्ष ६७ की श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।